loader

Breaking News

बंगालबाट छुट्टिने माग गर्दै कालेबुङमा सामूहिक धरना प्रदर्शन

Image
 

कालेबुङको डम्बर चोकमा शनिबार विविध राजनीतिक दल र सामाजिक संघसंस्थाहरूले दुर्लभ एकताको प्रदर्शन गर्दै सामूहिक रूपमा धरना प्रदर्शन गरे। ‘बंगालबाट छुट्टिने माग नै उक्त कार्यक्रमको मुख्य मुद्दा रहेको थियो।  
लामो समयदेखि गोर्खा समुदायभित्र विभिन्न प्रकारका मागहरू उठ्दै आएका छन्। कोही पृथक राज्य ‘गोर्खाल्याण्ड’ को पक्षमा छन्, कोही छैठौं अनुसूचीमा समावेश हुन चाहन्छन्, कोही स्वायत्तता वा केन्द्रशासित प्रदेशको स्वरमा बोल्छन् भने कोही सिक्किमसँग एकीकरणको पक्षधर छन्। यद्यपि यी फरक-फरक स्वरबीच एक साझा सूत्र भने स्पष्ट छ। सम्मान, अधिकार र स्वतन्त्रताको चाहना।  कार्यक्रममा पूर्व कालेबुङ विधायक डा. हर्कबहादुर छेत्री, देशभक्त सुब्बा, सुवास मणी सिंहसहित विभिन्न राजनीतिक पार्टी र संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Comment